काठमाण्डौ । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैठौ संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।
यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङ्गशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागि हुँदैछ, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ ।
यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु।५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।’

