मंगलवार, श्रावण ५,२०८३ 11:37:16
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:37:16
Bizshala
Global IME Bank Limited

धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न

धितोपत्र बजारको प्रणालीगत जोखिम न्यूनीकरणबारे सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न
New Office

काठमाण्डौ । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा पुस ३० गते बोर्डको कार्यालय खुमलटार, ललितपुरमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका प्रमुखहरू तथा प्रतिनिधिहरु उपस्थित भएको उक्त बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनको लागि अपनाउनुपर्ने कार्यको समयसीमा सहितको कार्ययोजनामा छलफल भएको थियो ।

सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिका सम्बन्धी विषयमा सरोकारवालाहरूले आआफ्ना धारणा राखेका थिए।

बोर्डले बजार स्थायित्व सुनिश्चित गर्न तथा लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरेको उक्त बैठकमा नेप्से र सीडीएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी तयारी प्रस्तुत गरेका थिए । 

त्यसैगरी एशोसिएशनले बजार सञ्चालनको व्यवहारिक अनुभवका आधारमा सुझावहरू प्रदान गरेको थियो। सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि थप प्राविधिक छलफलहरू गर्दै समन्वयात्मक रूपमा अघि बढ्ने बैठकको निष्कर्ष रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.