शनिबार, श्रावण १६,२०८३ 10:28:39
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 10:28:39
Bizshala
Global IME Bank Limited

सडक दुर्घटना रोक्न भारतमा भीटुभी प्रविधि अनिवार्य गरिने घोषणा

सडक दुर्घटना रोक्न भारतमा भीटुभी प्रविधि अनिवार्य गरिने घोषणा
New Office

काठमाण्डौ । भारतको केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारत सरकारले २०२६ को अन्तसम्म देशभर ‘भेइकल–टु(भेइकल’(भीटुभी) कम्युनिकेसन प्रविधि अनिवार्य गर्ने योजना बनाइरहेको बताएका छन् । ।

यस प्रविधिको माध्यमबाट सडकमा रहेका सवारीसाधनहरू एकअर्कालाई सुरक्षा सम्बन्धी चेतावनी सन्देश पठाउन सक्षम हुनेछन्, जसले टक्कर र दुर्घटना कम गर्न सहयोग पुर्याउनेछ। यो निर्णय २८ राज्य र केन्द्र शासित प्रदेशका परिवहन मन्त्रीहरूको बैठकपछि लिइएको हो। सरकारले २०३० सम्म सडक दुर्घटनामा हुने मृत्युको संख्या ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ।

नितिन गडकरीका अनुसार, यो प्रणाली लागू भएपछि सवारीसाधनहरू एकअर्कासँग उडानमा रहेका पाइलटहरू जस्तै ‘बातचित’ गर्न सक्नेछन्। प्रत्येक सवारीमा ‘अन्स–बोर्ड युनिट’ स्थापना गरिनेछ, जसले वरिपरिका गाडीहरूलाई आफ्नो स्थान, गति, दिशा र ब्रेकको जानकारी वायरलेस प्रविधिको माध्यमबाट पठाउनेछ। 

यसबाट चालकलाई सम्भावित खतरा देखिनु अघि नै चेतावनी प्राप्त हुनेछ। यस्तै दृश्यता कम भए पनि पछाडि रहेको गाडीले अघि ब्रेक लगाउने संकेत तुरुन्त पाउनेछ। ब्लाइन्ड स्पट वा चोकमा आएको गाडीको जानकारी अघि नै प्राप्त हुनुका साथै सडकमा अवरुद्ध भएको गाडीको संकेत टाढा हुँदा पनि चालकले थाहा पाउनेछ।

भारत सरकारले यस कार्यक्रममा करिब ५,००० करोड भारु खर्च गर्ने अपेक्षा गरेको छ। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.