काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामशरण तिमल्सिना नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै बैठकले कार्यकारी प्रमुख(प्रबन्ध सञ्चालक) भरतराज ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । ढकालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।

