काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक तस्वीर पोस्ट गर्दै ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्र भएको देखाएका छन्। तस्वीरमा ट्रम्पसँग उपराष्ट्रपति जेडी वेन्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन्। तस्वीरमा एउटा बोर्डमा लेखिएको छ, ‘ग्रीनल्याण्डः अमेरिकी क्षेत्र, स्थापना–२०२६’ ।
ट्रम्पले अर्को तस्वीर पनि पोस्ट गरेका छन्, जुन अगस्ट २०२५ मा लिइएको फोटोको एडिटेड संस्करण हो। यसमा प्रेजेन्टेशन बोर्डमा उत्तरी अमेरिका, क्यानडा र ग्रीनल्याण्ड अमेरिकी झण्डामा देखाइएको छ।
ग्रीनल्याण्ड हाल डेनमार्कको स्वायत्त क्षेत्र हो र कुनै पनि राष्ट्रले यसलाई स्वतः आफ्नो क्षेत्र घोषणा गर्न सक्दैन। ट्रम्पका यी पोस्टहरूले सामाजिक सञ्जालमा ध्यान खिचेका छन् र अन्तर्राष्ट्रिय कूटनीतिक विषयमा चर्चा उत्पन्न गरेका छन्।

