बिहीबार, माघ ८,२०८२ 10:39:17
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 10:39:17
Bizshala
Global IME Bank Limited
Bizshala

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

नारायणी डेभलपमेन्ट बैंकले ३.०६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयरका लागि आवेदन नपरेकाले उक्त सेयर गत मंसिर १८ गतेदेखि २५ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो ।

उक्त अवधिमा संस्थापक समूहतर्फ २ लाख ९६ हजार ५६५ कित्ता सेयरका लागि मात्रै आवेदन प्राप्त भएकाले बाँकी रहेको ३ लाख  ६ हजार ५९७ कित्ता संस्थापक समूहतर्फको सेयर आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

Bizshala
Garima Development Bank
New Office

बैंकले माघ १८ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

लगानीकर्ताले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज,हेटौडा, नारायणगढ, पोखरा र बुटवल शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति फागुन ४ गते रहेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.