काठमाण्डौ । अमेरिकाले आधिकारिक रूपमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट आफ्नो सदस्यता फिर्ता लिएर अलग भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णयको संकेत एक वर्षअघि कार्यकारी आदेशमार्फत दिएका थिए।
ट्रम्पले डब्लुएचओलाई कोरोना भाइरस महामारीको समयमा चीनको पक्षमा काम गरेको आरोप लगाएका थिए। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले यो निर्णय कोरोना महामारी व्यवस्थापनमा देखिएका गल्तीहरू र सुधार गर्न असमर्थताका कारण भएको जनाएको छ ।
तर, डब्लुएचओ यी आरोपहरू अस्वीकार गरेको छ। संगठनका महासचिव टेड्रोस अद्हानोम गेब्रियेससले अमेरिकाको यो कदम अमेरिकाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि नोक्सानदायक हुन सक्ने बताएका छन् ।

