आईतवार, फाल्गुन ३,२०८२ 03:42:36
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 03:42:36
Bizshala
Global IME Bank Limited

अमेरिकी डलर कमजोर बनिरहेको बेला सुन,चाँदी र डिजिटल सम्पत्तिमा लगानी गर्न कियोसाकीको सुझाव

अमेरिकी डलर कमजोर बनिरहेको बेला सुन,चाँदी र डिजिटल सम्पत्तिमा लगानी गर्न कियोसाकीको सुझाव
Shivam Cement

काठमाण्डौ । लोकप्रिय लेखक तथा वित्तीय गुरु रोबर्ट कियोसाकीले अमेरिकी डलरमा भरोसा घट्दै गएको बेला सुन, चाँदी, बिट्क्वाइन र इथेरियममा दीर्घकालीन लगानी गर्ने सल्लाह दिएका छन्। उनले छोटो अवधिका मूल्य उतारचढावले रणनीतिमा कुनै असर नपार्ने समेत बताएका छन् ।

कियोसाकीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘म छोटो अवधिका मूल्य उतारचढावको बारेमा चिन्ता गर्दिनँ, म नियमित रूपमा सुन, चाँदी, बिटक्वाइन र इथेरियम किन्छु र दीर्घकालीन रूपमा आफ्नो सम्पत्ति बढाउँछु।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनले आफ्नो दृष्टिकोण तीन मुख्य कारणमा आधारित भएको बताएका छन्ः

–अमेरिकी राष्ट्रिय ऋणको बढ्दो भार – अमेरिका ३६ ट्रिलियन डलर भन्दा बढी ऋणमा फसेको छ। कियोसाकीको अनुसार, सरकारले यो ऋण चुकाउन नयाँ पैसा छाप्न बाध्य हुनेछ, जसले डलरको मूल्य घटाउँछ।

–अमेरिकी डलरको मूल्य घट्दो ट्रेन्ड – फेडरल रिजर्व र ट्रेजरीका नीतिगत निर्णयहरूले डलरलाई कमजोर बनाउँदैछन्। क्यूएमार्फत बजारमा बढी पैसा आउँदा मुद्राको क्रय शक्ति घट्छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

–नेतृत्वको प्रभावकारिता – कियोसाकीले अमेरिकी नेतृत्वको क्षमता माथि प्रश्न उठाउँदै भनेका छन् ‘अत्यधिक शिक्षित भए पनि यदि नीति निर्माताले सही निर्णय लिन सक्दैनन् भने मुद्रा सुदृढ रहन सक्दैन।’

कियोसाकीको दृष्टिकोण अनुसार, आर्थिक अनिश्चितताको समयमा वैकल्पिक सम्पत्ति जस्तै सुन, चाँदी र डिजिटल सम्पत्ति लगानीकर्ताका लागि दीर्घकालीन सुरक्षा प्रदान गर्छन्।

विशेषज्ञहरू पनि विश्वव्यापी आर्थिक अस्थिरता र मुद्रास्फीति बढ्दै गएको अवस्थामा वैकल्पिक सम्पत्तिमा लगानीले पोर्टफोलियो जोखिम कम गर्न सक्ने बताएका छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.