मंगलवार, असार ९,२०८३ 06:46:40
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:46:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वाट्सएपको एन्ड–टु–एन्ड एनक्रिप्सनमाथि प्रश्न, मेटाविरुद्ध अमेरिकी अदालतमा सामूहिक मुद्दा

Laxmi Sunrise Bank Limited
ह्वाट्सएपको एन्ड–टु–एन्ड एनक्रिप्सनमाथि प्रश्न, मेटाविरुद्ध अमेरिकी अदालतमा सामूहिक मुद्दा

काठमाण्डौ । विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपको माउ कम्पनी मेटा फेरि एकपटक प्रयोगकर्ताको गोपनीयतालाई लिएर विवादमा परेको छ। अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक संघीय अदालतमा दायर नयाँ मुद्दामा मेटाले एन्ड–टु–एन्ड एनक्रिप्टेड (ईटुई) भनिएका निजी च्याटहरू समेत पहुँच गर्न सक्ने दाबी गरिएको छ।

अष्ट्रेलिया, ब्राजिल, भारत, मेक्सिको र दक्षिण अफ्रिकाका प्रयोगकर्ताहरूको समूहले यो सामूहिक (क्लास–एक्सन) मुद्दा दायर गरेको हो। निवेदनमा मेटा र ह्वाट्सएपले अरबौं प्रयोगकर्तालाई पूर्ण सुरक्षाको नाममा भ्रममा राखेको आरोप लगाइएको छ।

मुद्दामा ह्वाट्सएपको ‘सन्देश केवल पठाउने र प्राप्त गर्नेले मात्र पढ्न सक्छन्’भन्ने दाबी भ्रामक भएको उल्लेख छ। उजुरीकर्ताका अनुसार मेटासँग प्रयोगकर्ताका लगभग सबै निजी संवादहरू भण्डारण गर्ने, विश्लेषण गर्ने र आवश्यक परे पहुँच गर्ने प्राविधिक क्षमता छ।

New Office
CG Motors
Garima Development Bank

मेटाका कर्मचारीहरूले विशेष अवस्थामा प्रयोगकर्ताको डेटा पहुँच गर्न सक्ने दाबी पनि मुद्दामा गरिएको छ।

मेटाले यी सबै आरोप अस्वीकार गरेको छ। कम्पनीका प्रवक्ता एन्डी स्टोनले यो मुद्दालाई ‘आधारहीन र काल्पनिक’ भन्दै ह्वाट्सएपका सन्देशहरू एनक्रिप्टेड नभएको दाबी हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार ह्वाट्सएपले पछिल्लो एक दशकदेखि सिग्नल प्रोटोकल प्रयोग गर्दै आएको छ, जुन विश्वव्यापी रूपमा सुरक्षित मानिन्छ।

मेटाले याचिकाकर्ताहरूका वकिलविरुद्ध कानुनी कारबाहीको माग गर्ने समेत जनाएको छ।

यो मुद्दामा भारतसहित अष्ट्रेलिया, ब्राजिल, मेक्सिको र दक्षिण अफ्रिकाका प्रयोगकर्ता सहभागी छन्। यदि अदालतले यसलाई क्लास–एक्सन मुद्दाका रूपमा स्वीकृति दिएमा, विश्वभरका करोडौं ह्वाट्सएप प्रयोगकर्ता यसको दायरामा पर्न सक्नेछन्। यस्तो अवस्थामा मेटालाई ठूलो आर्थिक जरिवाना तिर्नुपर्ने सम्भावना पनि रहेको कानुनी विश्लेषकहरूले बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एन्ड–टु–एन्ड एनक्रिप्सन भनेको के हो ?

एन्ड–टु–एन्ड एनक्रिप्सन प्रविधिमा पठाइने सन्देश एक गोप्य कोडमा रूपान्तरण हुन्छ, जसलाई केवल प्राप्तकर्ताको उपकरणले मात्र डिकोड गर्न सक्छ। ह्वाट्सएपको दाबी अनुसार बीचमा न त एपले न त यसको मातृकम्पनी मेटाले ती सन्देशहरू पढ्न सक्छ। तर हाल दायर गरिएको मुद्दाले यही दाबीको सत्यतामाथि गम्भीर प्रश्न उठाएको छ।

मेटाको गोपनीयता सम्बन्धी रेकर्ड यसअघि पनि विवादास्पद रहँदै आएको छ। सन् २०२० मा क्याम्ब्रिज एनालिटिका प्रकरणपछि कम्पनीलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराइएको थियो। यसैगरी, सेप्टेम्बर २०२५ मा ह्वाट्सएपका पूर्व सुरक्षा प्रमुख अताउल्लाह बेगले करिब १ हजार ५ सय इन्जिनियरहरूसँग प्रयोगकर्ताको डेटामा अनियन्त्रित पहुँच रहेको आरोप लगाएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.