आईतवार, फाल्गुन १०,२०८२ 03:45:47
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:45:47
Bizshala
Global IME Bank Limited

दुर्लभ खनिज क्षेत्रमा चीनको प्रभुत्व घटाउन अमेरिकाले १.६ अर्ब डलर लगानी गर्ने

दुर्लभ खनिज क्षेत्रमा चीनको प्रभुत्व घटाउन अमेरिकाले १.६ अर्ब डलर लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दुर्लभ खनिज (रेयर अर्थ) क्षेत्रमा चीनको प्रभुत्व घटाउने उद्देश्यले अमेरिकी कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।

यो सम्झौताअनुसार अमेरिकी सरकारले उक्त कम्पनीमा हिस्सेदारी प्राप्त गर्नेछ। यो घोषणा राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डसँग दुर्लभ खनिजमा पहुँच समेटिएको ढाँचागत सम्झौता सुरक्षित गरेको दाबी गरेपछि केही दिनमै आएको हो।

ओक्लाहोमा आधारित यूएसए रेयर अर्थले यो लगानी खानी उत्खनन, प्रशोधन, धातु उत्पादन तथा चुम्बक निर्माणमा प्रयोग गरिने जनाएको छ। कम्पनीसँग ‘हेभी रेयर अर्थ’ का भण्डार छन्, जुन रक्षा प्रविधिमा विशेष रूपमा प्रयोग गरिन्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो लगानीले अमेरिकाको आपूर्ति श्रृंखला मजबुत बनाउने र अब विदेशी राष्ट्रहरूमा निर्भर रहनु नपर्ने बताएका छन् । घोषणापछि यूएसए रेयर अर्थका सेयर मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको छ ।

हालैका महिनाहरूमा दुर्लभ खनिज अमेरिका–चीन व्यापार वार्ताको प्रमुख विषय बनेका छन्। चीनले विश्वको करिब ९० प्रतिशत दुर्लभ खनिज प्रशोधन गर्दै आएको छ र अमेरिकी शुल्क तथा व्यापार तनावको जवाफस्वरूप आपूर्ति सीमित गरेको छ।

अमेरिकी कम्पनीहरू यी सामग्रीमा अत्यधिक निर्भर भएकाले आपूर्ति अवरोधको जोखिममा परेका छन्। यही कारणले अमेरिकी सरकारले पछिल्लो एक वर्षमा विभिन्न महत्वपूर्ण खनिज कम्पनीहरूमा लगानी बढाउँदै आएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि अमेरिकी सरकारले भल्कन एलिमेन्ट्ससँग १.४ अर्ब डलरको सम्झौता गरेको थियो भने देशको एकमात्र सञ्चालनमा रहेको दुर्लभ खनिज खानी स्वामित्वमा रहेको एमपी मटेरियल्समा पनि लगानी गरेको छ।

यद्यपि अमेरिका र उसका साझेदार राष्ट्रहरूले वैकल्पिक आपूर्ति सञ्जाल विकासमा ठूलो लगानी गरिरहेका छन्, चीनको निर्भरता तुरुन्तै अन्त्य हुने अवस्था भने अझै टाढा रहेको विश्लेषकहरूको भनाइ छ।

यसै प्रयासअन्तर्गत गत अक्टोबरमा अमेरिका र अस्ट्रेलियाबीच दुर्लभ खनिज तथा अन्य महत्वपूर्ण खनिज आपूर्ति बढाउने सम्झौता पनि भएको थियो। 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.