काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ ।
दोस्रो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च ५२ लाख ७८ हजार ,अन्य सञ्चालन खर्च ४४ लाख ८४ हजार र वित्त खर्च ८ करोड ३ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार ७६ लाख ६४ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७८ लाख र कुल चालु दायित्व २१ करोड ९३ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)९.४० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०२.७५ रुपैयाँ र तरलता अनुपात ०.४० प्रतिशत कायम भएको छ ।

