बुधबार, फाल्गुन २०,२०८२ 02:15:30
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 02:15:30
Bizshala
Global IME Bank Limited

फागुन महिनाका लागि ९ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, अधिकांशको स्थिर

Hyundai Nepal
फागुन महिनाका लागि ९ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, अधिकांशको स्थिर
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम फागुन महिनामा पनि जारी रहेको छ । फागुन महिनाका लागि सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकहरुको औषत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो महिना ४.६८ प्रतिशत थियो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ११ वटाले स्थिर राखेका छन् ।  बैंकहरूसँग हाल कर्जा लगानी योग्य रकम उच्च भएका कारण ब्याजदर घटेको हो।

फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फको ३.२५ प्रतिशत ब्याजदर तोकेका छ ।

प्रभु बैंक  

प्रभु बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

एभरेष्ट बैंक  

बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपका लागि अधिकतम ४.४ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिएको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सानिमा बैंक  

सानिमा बैंकले  फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । माघ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदर दिएको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एनएमबी बैंक  

बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

कृषि विकास बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

माछापुच्छ्रे बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक  

कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.४३ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.३६ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले माघ महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ र संस्थागतको ३.२५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंक  

बैंकले माघ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.