मंगलवार, असार ९,२०८३ 06:48:08
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:48:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेफ्री एपस्टिनसँगको सम्बन्ध बाहिरिएपछि हायात होटल्सका अध्यक्षले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
जेफ्री एपस्टिनसँगको सम्बन्ध बाहिरिएपछि हायात होटल्सका अध्यक्षले दिए राजीनामा

काठमाण्डौ । अमेरिकामा सार्वजनिक गरिएको जेफ्री एपस्टिनसम्बन्धी पछिल्ला फाइलहरूमा आफ्नो नाम जोडिएपछि अर्बपति व्यवसायी थोमस प्रिट्जकरले हायात होटल्सको अध्यक्ष पदबाट अवकाश लिएका छन्।

थोमस प्रिट्जकरले सोमबार जारी गरेको वक्तव्यमा आफूले सजाय पाइसकेका यौन अपराधी जेफरी इप्स्टीनसँग सम्पर्क कायम राख्नु गम्भीर भूल भएको स्वीकार गरेका छन्। हालै सार्वजनिक भएका अमेरिकी न्याय विभागका कागजातहरूले सन् २००८ मा यौन अपराधसम्बन्धी आरोपमा दोषी ठहरिएपछि पनि प्रिट्जकर र एपस्टिनबीच नियमित सम्पर्क रहेको देखाएका छन्।

सन् २००४ देखि विश्वव्यापी चेन होटल हायात होटल कर्पोरेशनका कार्यकारी अध्यक्ष रहेका प्रिट्जकरले बोर्ड सदस्यहरूसँगको छलफलपछि पदत्याग गर्ने निर्णय गरेको र आगामी निर्वाचनमा पुनः उम्मेदवारी नदिने बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

उनले आफ्नो वक्तव्यमा भनेका छन्, ‘मेरो जिम्मेवारी कम्पनीको उचित अभिभावकत्व गर्नु हो। उचित अभिभावकत्व भन्नाले हायातमा सुसंगत नेतृत्व हस्तान्तरण सुनिश्चित गर्नु पनि हो।’ साथै उनले एपस्टिन र घिस्लिन म्याक्सवेलसँगको सम्बन्धप्रति गहिरो पश्चात्ताप व्यक्त गर्दै भने, ‘समयमै दूरी कायम नगर्नुमा कुनै बहाना छैन।’

म्याक्सवेल सन् २०२१ मा एपस्टिनका लागि नाबालिग किशोरीहरूलाई फसाउने भूमिकामा दोषी ठहरिएकी थिइन्। एपस्टिन भने सन् २००८ मा नाबालिगबाट वेश्यावृत्ति गराएको अभियोगमा दोषी ठहरिएका थिए र सन् २०१९ मा मानव तस्करीसम्बन्धी मुद्दा चलिरहेकै बेला हिरासतमा मृत्यु भएको थियो।

प्रिट्जकरले बोर्डलाई पठाएको पत्रमा भने आफ्नो उमेर यस वर्ष ७६ पुग्ने र कम्पनी मजबुत तथा दिगो अवस्थामा रहेको उल्लेख गरेका छन्। यद्यपि उक्त पत्रमा एपस्टिन वा म्याक्सवेलसँगको सम्बन्धबारे उल्लेख गरिएको छैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हायातको बोर्डले कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क होपलामाजियनलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ। होपलामाजियनले प्रिट्जकरको निर्णयले कम्पनीप्रतिको उनको दीर्घकालीन प्रतिबद्धता र जिम्मेवारीबोध झल्काएको बताएका छन्।

एपस्टिनसम्बन्धी कागजात सार्वजनिक भएसँगै राजनीति, व्यवसाय र शैक्षिक क्षेत्रका थुप्रै प्रभावशाली व्यक्तिहरूको नाम बाहिर आएको छ। यद्यपि ती कागजातमा नाम समावेश हुनु मात्रले कुनै गैरकानुनी कार्यमा संलग्नता पुष्टि नहुने स्पष्ट गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.