काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको छ ।
आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । हिमालयन एभरेष्टको सेयरभाउ २.४२ प्रतिशतले बढेर ५०७ रुपैयाँ, युनाइटेड अजोडको सेयरभाउ १.६२ प्रतिशतले बढेर ४६४ रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको सेयरभाउ ०.१५ प्रतिशतले बढेर १३३० रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.४६ प्रतिशतले घटेर ४७५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको १.३१ प्रतिशत, सिटिजन लाइफको १.०७ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.४५ प्रतिशत, आइएमई लाइफको ०.३२ प्रतिशत, एलआइसी नेपालको ०.१७ प्रतिशत, नेशनल लाइफको ०.७० प्रतिशत, नेपाल लाइफको ०.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६६ प्रतिशत, सूर्यज्योति लाइफको ०.८१ प्रतिशत, सन नेपाल लाइफको ०.८८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.१३ प्रतिशतले घटेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको ०.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९० प्रतिशत, नेको इन्स्योरेन्सको ०.५० प्रतिशत, एनएलजीको ०.४९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.७६ प्रतिशत, प्रभु को ०.४६ प्रतिशत, आरबीसीएलको ०.६७ प्रतिशत, सानिमा जिआइसीको ०.४३ प्रतिशत, सलिकोको १.८२ प्रतिशत, शिखरको ०.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२८ प्रतिशत, हिमालयन रि को ०.९७ प्रतिशत र नेपाल रि को १.२१ प्रतिशतले घटेको छ ।

