१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योेरेन्स
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३५४ कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ । आज १९...

