काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३४३ कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचक नै बढेका छन् । जीवन बीमा समूह ०.८४ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेको छ ।
बीमा समूह बढ्दा २२ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.८६ प्रतिशतले बढेर ६१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल रि को ४.०६ प्रतिशत, हिमालयन एभरेष्टको ०.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, एनएलजीको ४.३१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.५८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८० प्रतिशत, शिखरको ०.७९ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको २.०३ प्रतिशत, सिटिजन लाइफको १.४४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४२ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.८६ प्रतिशत, हिमालयन लाइफको २.२९ प्रतिशत, आइएमई लाइफको ०.८७ प्रतिशत, एलआइसी नेपालको ०.८१ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७० प्रतिशत, सूर्यज्योति लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको १.४९ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१६ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ १.७९ प्रतिशतले घटेर १४ हजार ६२७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सलिकोको १.६१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत, युनाइटेड अजोडको ०.४० प्रतिशत, नेपाल लाइफको ०.२२ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.११ प्रतिशतले घटेको छ ।

