मंगलवार, श्रावण ५,२०८३ 10:52:04
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:52:04
Bizshala
Global IME Bank Limited

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.७्र३ अंकले घटेर २७३८.७२ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ ।  

बीमा समूह घट्दा आज ११ बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । सर्वाधिक कमाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७८ प्रतिशतले बढेर ५१६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आइजीआई प्रुडेन्सियलको १.१६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३३ प्रतिशत, प्रभुको ०.११ प्रतिशत, सानिमा जिआइसीको ०.३२ प्रतिशत, युनाइटेड अजोडको ०.३९ प्रतिशत, नेपाल लाइफको ०.१२ प्रतिशत, प्रभु महालक्ष्मी ०.४३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२४ प्रतिशत र सन नेपाल लाइफको ०.११ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.४५ प्रतिशतले घटेर १११२.१० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एशियन लाइफको ०.७५ प्रतिशत, सिटिजन लाइफको ०.३१ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७८ प्रतिशत, हिमालयन लाइफको ०.५३ प्रतिशत, आइएमई लाइफको ०.१२ प्रतिशत, एलआइसी नेपालको ०.९७ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत, सूर्यज्योति लाइफको ०.०९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशतले घटेको छ ।  

यसका साथै एनएलजीको ०.५० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.५६ प्रतिशत, आरबीसीएलको ०.०७ प्रतिशत, सलिकोको ०.३२ प्रतिशत, शिखरको ०.१८ प्रतिशत र सिद्धार्थ प्रिमियरको १.४८ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.