काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी वृद्धि भएको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९७ प्रतिशत र निर्जीवन बीमा समूह १.७२ प्रतिशतले बढेको छ ।
बीमा समूह बढ्दा आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन मइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५.०७ प्रतिशतले बढेर ९९१.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.३० प्रतिशत, सिटिजन लाइफको ०.९७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४७ प्रतिशत, हिमालयन लाइफको १.२७ प्रतिशत, आइएमई लाइफको १.०१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९१ प्रतिशत, रिलाबयल नेपाल लाइफको ४.३४ प्रतिशत, सूर्यज्योति लाइफको १ प्रतिशत, सन नेपाल लाइफको २.८६ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५६ प्रतिशतले बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टको २.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.८२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९८ प्रतिशत, एनएलजीको २.५८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत, आरबीसीएलको २.७९ प्रतिशत, सानिमा जिआइसीको १.२० प्रतिशत, शिखरको ०.७३ प्रतिशत, युनाइटेड अजोडको ३.८३ प्रतिशत, हिमालयन रि को ०.८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.६८ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा सलिको रहेको छ । कम्पनीको सेयरभाउ ०.११ प्रतिशतले घटेर ५२५.३० रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको ०.०१ प्रतिशत र नेपाल लाइफको ०.०७ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।