आईतवार, श्रावण ३,२०८३ 09:16:04
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:16:04
Bizshala
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.६९ प्रतिशत र निर्जीनव बीमा समूह ०.७२ प्रतिशतले बढेको छ ।  

आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबैको बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.४२ प्रतिशतले बढेर ११८५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, एशियन लाइफको ०.६९ प्रतिशत, सिटिजन लाइफको १.३५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०९ प्रतिशत, हिमालयन लाइफको १.१६ प्रतिशत, आइएमई लाइफको ०.७० प्रतिशत, एलआइसी नेपालको १.३५ प्रतिशत, नेपाल लाइफको ०.४० प्रतिशत, नेशनल लाइफको ०.७२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९० प्रतिशत, सूर्यज्योति लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६९ प्रतिशतले बढेको छ ।  

यसका साथै हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.३५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशत, एनएलजीको ०.९२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, आरबीसीएलको २.११ प्रतिशत, सलिकोको ०.७२ प्रतिशत, सानिमा जिआइसीको ०.८५ प्रतिशत, शिखरको ०.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५७ प्रतिशत, युनाइटेड अजोडको १.०७ प्रतिशत, नेपाल रि को २.२४ प्रतिशत र हिमालयन रि को ०.०९ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.८४ प्रतिशतले घटेर ६१६.८० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८२ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.६० प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.