शुक्रबार, असार १२,२०८३ 04:52:23
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 04:52:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । शुक्रबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दूमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ ।  

आज १३ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३ प्रतिशतले बढेर ११९८.९० रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, एलआइसी नेपालको ०.१२ प्रतिशत, नेपाल लाइफको ०.३४ प्रतिशत, नेशनल लाइफको ०.१९ प्रतिशत, सूर्यज्योति लाइफको ०.०९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६० प्रतिशत, आरबीसीएलको १.५० प्रतिशत, सलिकोको २.९४ प्रतिशत, सानिमा जिआइसीको ०.३६ प्रतिशत, शिखरको ०.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१५ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमानेमा भने प्रभु इन्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.१५ प्रतिशतले घटेर ६८० रुपैयाँ १० पैसा कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, एनएलजीको ०.८३ प्रतिशत, युनाइटेड अजोडको ०.८७ प्रतिशत, एशियन लाइफको ०.६५ प्रतिशत, सिटिजन लाइफको ०.१६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.६० प्रतिशत, हिमालयन लाइफको ०.६३ प्रतिशत, आइएमई लाइफको ०.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२२ प्रतिशत, सन नेपाल लाइफको ०.११ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.३४ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.१३ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.