मंगलवार, श्रावण ५,२०८३ 10:51:56
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:51:56
Bizshala
Global IME Bank Limited

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले घटेको छ ।  

आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । आइएमई लाइफको सेयरभाउ ०.४१ प्रतिशतले बढेर ४१९ रुपैयाँ पुगेको छ भने नेशनल लाइफको सेयरभाउ ०.७० प्रतिशतले बढेर ५७४ रुपैयाँ पुगेको छ ।  

सर्वाधिक गुमाउनेमा भने नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स रहेको छ । नेपाल रि को सेयरभाउ २.४४ प्रतिशतले घटेर ९१९ रुपैयाँ र हिमालयन रि को सेयरभाउ १.७२ प्रतिशतले घटेर ५७१ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको ०.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४५ प्रतिशत, नेको इन्स्योरेन्सको १.३० प्रतिशत, एनएलजीको १.१९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०७ प्रतिशत, आरबीसीएलको ०.३६ प्रतिशत, सलिकोको १.३२ प्रतिशत, सानिमा जिआइसीको १ं.१५ प्रतिशत, शिखरको ०.४६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०१ प्रतिशत र युनाइटेड अजोडको ०.४२ प्रतिशतले घटेको छ ।  

यसका साथै एशियन लाइफको ०.४८ प्रतिशत, सिटिजन लाइफको ०.४५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.९८ प्रतिशत, हिमालयन लाइफको १.५४ प्रतिशत, एलआइसी नेपालको ०.७० प्रतिशत, नेपाल लाइफको ०.५४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७४ प्रतिशत, सूर्यज्योति लाइफको ०.७१ प्रतिशत, सन नेपाल लाइफको ०.५८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.