काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.८३ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा ४ कम्पनीको सेयरभाउ भने बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १३.११ प्रतिशतले बढेर १४१९ रुपैयाँ पु्गेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको ०.३८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ०.४० प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०२ प्रतिशतले घटेर ५४६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३७ प्रतिशत, एनएलजीको १.०८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.४६ प्रतिशत, आरबीसीएलको १.२७ प्रतिशत, सलिकोको ०.७९ प्रतिशत, सानिमा जिआइसीको ०.४६ प्रतिशत, शिखरको १.७५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५१ प्रतिशत, हिमालयन रि को २.१२ प्रतिशत र नेपाल रि को २.४३ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.३१ प्रतिशत, सिटिजन लाइफको १.७६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.६८ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, आइएमई लाइफको ०.७९ प्रतिशत, एलआइसी नेपालको ०.४९ प्रतिशत, नेपाल लाइफको ०.९९ प्रतिशत, नेशनल लाइफको ०.३७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९३ प्रतिशत, सूर्यज्योति लाइफको १.१९ प्रतिशत, सन नेपाल लाइफको ०.६६ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.४४ प्रतिशतले घटेको छ ।

