काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७० विन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत ३६८ कम्पनीको ४ करापेड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७५ प्रतिशतले घटेको छ ।
बीमा समूह घटेपछि तीन कम्पनीको सेयरभाउ भने बढेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ ०.०९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८६ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.४८ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९६ प्रतिशतले घटेर ८८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको २.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२० प्रतिशत, नेको इन्स्योरेन्सको १.६१ प्रतिशत, एनएलजीको ०.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९१ प्रतिशत, आरबीसीएलको ०.२९ प्रतिशत, सानिमा जिआइसीको १.७२ प्रतिशत, शिखरको ०.६५ प्रतिशत, युनाइटेड अजोडको १.३९ प्रतिशत, हिमालयन रि को ०.८९ प्रतिशत र नेपाल रि को १३८ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको १.०४ प्रतिशत, सिटिजन लाइफको २ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.२४ प्रतिशत, हिमालयन लाइफको ०.३८ प्रतिशत, आइएमई लाइफको १.४५ प्रतिशत, एलआइसी नेपालको १.४२ प्रतिशत, नेपाल लाइफको ०.२७ प्रतिशत, नेशनल लाइफको ०.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९२ प्रतिशत, सूर्यज्योति लाइफको २.३६ प्रतिशत, सन नेपाल लाइफको ०.७१ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.६३ प्रतिशतले घटेको ।

