सोमबार, भाद्र ८,२०८३ 05:14:43
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 05:14:43
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
New Office

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनेबच हुँदा ३  अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८१ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेको छ ।  

आज नेशनल लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरभाउ ०.१४ प्रतिशतले बढेर ५६२ रुपैयाँ पुगेको छ ।  

सर्वाधिक गुमाउनेमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.३९ प्रतिशतले घटेर १०९० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एशियन लाइफको ०.५३ प्रतिशत, सिटिजन लाइफको ०.८१ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.४४ प्रतिशत, हिमालयन लाइफको ०.९६ प्रतिशत, आइएमई लाइफको ०.५६ प्रतिशत, एलआइसी नेपालको ०.७८ प्रतिशत, नेपाल लाइफको ०.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८९ प्रतिशत, सूर्यज्योति लाइफको ०.४९ प्रतिशत, सन नेपाल लाइफको ०.७५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.११ प्रतिशतले घटेको छ ।  

यसका साथै हिमालयन एभरेष्टको १.३९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, एनएलजीको ०.७० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.०३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०८ प्रतिशत, आरबीसीएलको १.९० प्रतिशत, सलिकोको ०.३४ प्रतिशत, सानिमा जिआइसीको १.९८ प्रतिशत, शिखरको ०.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.७६ प्रतिशत, युनाइटेड अजोडको १.६५ प्रतिशत, हिमालयन रि को ०.७१ प्रतिशत र नेपाल रि को ०.९१ प्रतिशतले घटेको छ ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.