काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७८ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा ७ कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९० प्रतिशतले बढेर १०७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एलआइसी नेपालको ०.४४ प्रतिशत, नेशनल लाइफको १.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२४ प्रतिशत, सूर्यज्योति लाइफको ०.५० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९२ प्रतिशत र सलिकोको १.३३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७६ प्रतिशतले घटेर ४१९ रुपैयाँ कायम भएको छ ।
हिमालयन एभरेष्टको २.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५८ प्रतिशत, एनएलजीको ०.१६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ प्रतिशत, प्रभु इन्स्योेरेन्सको ०.६७ प्रतिशत, आरबीसीएलको ०.९८ प्रतिशत, सानिमा जिआइसीको ०.५३ प्रतिशत, शिखरको ०.७३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८७ प्रतिशत, युनाइटेड अजोडको ०.७४ प्रतिशत, हिमालयन रि को ०.४४ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.९३ प्रतिशतले घटेको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.४८ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.४५ प्रतिशत, हिमालयन लाइफको १.९३ प्रतिशत, आइएमई लाइफको ०.७४ प्रतिशत, नेपाल लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७५ प्रतिशत र सन नेपाल लाइफको १.०४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।