काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २५६५०.०९ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले घटेको छ ।
बीमा समूह घटेपनि आज ८ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिटिजन लाइफ इन्स्योेरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.८६ प्रतिशतले बढेर ४४३.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.०९ प्रतिशत, आइएमई लाइफको ०.२९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत, एनएलजीको ०.५३ प्रतिशत, सलिकोको ०.५१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४० प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.६६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४२ प्रतिशत, हिमालयन लाइफको ०.०६ प्रतिशत, एलआइसी नेपालको ०.१४ प्रतिशत, नेपाल लाइफको ०.५४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१८ प्रतिशत, सूर्यज्योति लाइफको ०.३९ प्रतिशत, सन नेपाल लाइफको ०.३१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२७ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.३३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६७ प्रतिशत, आरबीसीएलको ०.६३ प्रतिशत, सानिमा जिआइसीको ०.९४ प्रतिशत, शिखरको १.२६ प्रतिशत, युनाइटेड अजोडको ०.१६ प्रतिशत, हिमालयन लाइफको ०.१७ प्रतिशत र नेपाल रि को ०.७३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।