मंगलवार, श्रावण ५,२०८३ 10:52:52
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:52:52
Bizshala
Global IME Bank Limited

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ

२५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा कायम भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.९७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेको छ ।  

आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ भने २५ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१७ प्रतिशतले बढेर ४४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको १.३१ प्रतिशत, सन नेपाल लाइफको ०.८५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०६ प्रतिशत, एशियन लाइफको ०.६२ प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.७६ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.१८ प्रतिशत, हिमालयन लाइफको १.३४ प्रतिशत, आइएमई लाइफको ०.९४ प्रतिशत, एलआइसी नेपालको ०.४९ प्रतिशत, नेपाल लाइफको ०.७२ प्रतिशत, नेशनल लाइफको ०.२० प्रतिशत र प्रभु महालक्ष्मी लाइफको १.४० प्रतिशतले बढेको छ ।  

यसका साथै हिमालयन एभरेष्टको ०.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.८६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४१ प्रतिशत, आरबीसीएलको ०.६६ प्रतिशत, सलिकोको ०.१७ प्रतिशत, सानिमा जिआइसीको ०.०७ प्रतिशत, शिखरको ०.२१ प्रतिशत, हिमालयन रि को १.९० प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.५४ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक गुमाउनेमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.२८ प्रतिशतले घटेर ७०६ रुपैयाँ कायम भएको छ । त्यस्तै नेको इन्स्योरेन्सको ०.२३ प्रतिशतले घटेर ६०६.६० रुपैयाँ र युनाइटेड अजोडको ०.१६ प्रतिशतले घटेर ४४५.८० रुपैयाँ कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.