काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.४८ प्रतिशतले घटेको छ ।
आज १० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभा १.७८ प्रतिशतले बढेर ४२८.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको १.१८ प्रतिशत, सिटिजन लाइफको १.१५ प्रतिशत, हिमालयन लाइफको ०.३२ प्रतिशत, आइएमई लाइफको ०.४८ प्रतिशत, सूर्यज्योति लाइफको ०.७४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.६८ प्रतिशत, सानिमा जिआइसीको ०.३३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७४ प्रतिशत र युनाइटेड अजोडको ०.८२ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९३ प्रतिशतले घटेर १०२५.१० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ०.७७ प्रतिशत, एलआइसी नेपालको ०.६५ प्रतिशत, नेपाल लाइफको ०.२६ प्रतिशत, नेशनल लाइफको ०.३७ प्रतिशत, सन नेपाल लाइफको ०.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९२ प्रतिशत, हिमालयन रि को ०.८४ प्रतिशत र नेपाल रि को ०.५५ प्रतिशतले घटेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियलको ०.५९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६१ प्रतिशत, आरबीसीएलको १.६७ प्रतिशत, सलिकोको १.४४ प्रतिशत र शिखरको ०.४८ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।