काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ ।
आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.०२ प्रतिशतले बढेर ५९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.७० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१९ प्रतिशत, सानिमा अिजाइसीको ०.५८ प्रतिशत, शिखरको ०.२० प्रतिशत, युनाइटेड अजोडको ०.४६ प्रतिशत, एशियन लाइफको ०.४८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.७० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.२७ प्रतिशत, हिमालयन लाइफको ०.३२ प्रतिशत, आइएमई लाइफको ०.४४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३८ प्रतिशत र हिमालयन रि को ०.१७ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ २.१६ प्रतिशतले घटेर १४ हजार १०८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.१९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९८ प्रतिशत, एनएलजीको ०.३५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३५ प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२६ प्रतिशत, सूर्यज्योति लाइफको ०.२४ प्रतिशत र नेपाल रि को ०.२२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।