मंगलवार, श्रावण ५,२०८३ 10:53:01
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:53:01
Bizshala
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको  छ भने निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढेको छ ।  

आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको सेयरभाउ १.९९ प्रतिशतले बढेर १५ हजार २९९ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३९ प्रतिशत, सलिकोको ०.१४ प्रतिशत, सानिमा जिआइसीको ०.५९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.०६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.२७ प्रतिशत, आइएमई लाइफको ०.०७ प्रतिशत, एलआइसी नेपालको ०.२५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.२६ प्रतिशतले बढेको छ ।  

आज सर्वाधिक गुमाउनेमा भने युनााइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८७ प्रतिशतले घटेर ४४६.५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन एभरेष्टको ०.७५ प्रतिशत, एनएलजीको ०.०२ प्रतिशत, शिखरको ०.१० प्रतिशत, हिमालयन रि को ०.६१ प्रतिशत, नेपाल रि को ०.११ प्रतिशत, एशियन लाइफको ०.८३ प्रतिशत, हिमालयन लाइफको ०.३० प्रतिशत, नेपाल लाइफको ०.४१ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०६ प्रतिशत, सूर्यज्योति लाइफको ०.३३ प्रतिशत, सन नेपाल लाइफको ०.१८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.