काठमाण्डौ । ईरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई परमाणु वार्ता र अमेरिकी जनतासँग विश्वासघात गरेको आरोप लगाएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जटिल परमाणु वार्तालाई ट्रम्पले सम्पत्ति किनबेचको रुपमा लिएको आरोप लगाएका छन् ।
उनले यसको परिणाम स्वरूप, क्रोधमा वार्ताको तालिका बमले उडाइदिनु जस्तै हुने भताए। ट्रम्पले कूटनीतिक प्रक्रिया मात्र नभई उनलाई रोजेका अमेरिकीहरूसँग पनि धोखा दिएको उनको लेखेका छन् ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ईरान वार्ता गर्न इच्छुक भएको तर अब धेरै ढिलो भइसकेको बताएका थिए। तर, ईरानका सुरक्षा प्रमुख अली लारीजानीले स्पष्ट पार्दै भनेका छन्, ‘हामी अमेरिकासँग वार्ता गर्ने छैनौं।’
यसबाट स्पष्ट छ कि दुई देशबीचको कूटनीतिक तनाव अझै कायम छ।

