शुक्रबार, बैशाख ४,२०८३ 07:32:10
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:32:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनले ७ प्रतिशतले बढायो रक्षा बजेट, सन् २०२१ पछिकै सुस्त वृद्धि

Bizshala
चीनले ७ प्रतिशतले बढायो रक्षा बजेट, सन् २०२१ पछिकै सुस्त वृद्धि
Shivam Cement

काठमाण्डौ । चीनले यस वर्ष आफ्नो रक्षा खर्च ७ प्रतिशतले बढाउने योजना बनाएको छ ।  यो २०२१ पछि वार्षिक खर्च वृद्धिको सबैभन्दा कम दर हो । यो जानकारी बिहीबार चीनको वित्त मन्त्रालयद्वारा सार्वजनिक गरिएको बजेट योजनामा उल्लेख गरिएको छ।

यो प्रस्ताव मध्यपूर्वको द्वन्द्व बढ्दै गएको र ताइवानको विषयमा तनाव जारी रहेको बेला आएको हो, जसले विश्वव्यापी भू–राजनीतिक जोखिमलाई थप गहिरो बनाएको छ।

अघिल्लो तीन वर्षमा चीनले वार्षिक रूपमा रक्षा खर्च ७.२ प्रतिशतको औसत वृद्धि गर्दै आएको थियो। २०२२ मा ७.१ प्रतिशत र २०२१ मा ६.८ प्रतिशत वृद्धि भएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारी कार्य प्रतिवेदन अनुसार, चीनले आफ्ना सेनाको उच्च गुणस्तरीय आधुनिकीकरण र उन्नत युद्ध क्षमताको विकासलाई तीव्रता दिनेछ। चीनले ताइवान स्वतन्त्रता लक्षित अलगाववादी गतिविधिविरुद्ध कडा कदम चाल्ने र बाह्य हस्तक्षेपको विरोध गर्ने प्रतिवद्धता पनि दोहोर्याएको छ।

चीनको राष्ट्रिय जनसभाको आठ दिने बैठक बिहीबारदेखि सुरु हुँदैछ, जहाँ वार्षिक बजेट र विकास लक्ष्य अनुमोदन गरिनेछ।

CG Motors
Garima Development Bank
IME remit

अघिल्लो वर्ष चीनले १.७८ ट्रिलियन युआन (२४५ अर्ब अमेरिकी डलर) को रक्षा बजेट प्रस्ताव गरेको थियो। तथापि, विशेषज्ञहरूले यो बजेट वास्तविक खर्चलाई पूर्णतया प्रतिनिधित्व नगर्ने र धेरै बजेट बाहिरका खर्च समावेश नगरेको बताएका छन् ।

अमेरिका रक्षा मन्त्रालयको २०२५ को प्रतिवेदनअनुसार, चीनले २०२४ मा ३०४–३७७ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरिएको छ ।

२०२५ मा चीनले एशियाली रक्षा खर्चको करिब ४४ प्रतिशत हिस्सा ओगटेको थियो, जुन २०१७ को ३९ प्रतिशत भन्दा बढी हो। सबैभन्दा बढी रक्षा खर्च गर्नेमा विश्वव्यापी रूपमा चीन अमेरिकी पछि दोस्रो स्थानमा छ।

अमेरिकाले २०२५ आर्थिक वर्षमा ८४९.७७ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्टाएको थियो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.