मंगलवार, असार १६,२०८३ 10:00:13
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:00:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको अभूतपूर्व लहर, काठमाडौंका दुई क्षेत्रमा जित सुनिश्चित, औपचारिक घोषणा बाँकी

Laxmi Sunrise Bank Limited
रास्वपाको अभूतपूर्व लहर, काठमाडौंका दुई क्षेत्रमा जित सुनिश्चित, औपचारिक घोषणा बाँकी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व जनसमर्थनसहित विजय यात्रा अघि बढाएको देखिएको छ। देशका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन्।

New Office
CG Motors
Garima Development Bank

यसैबीच काठमाडौंका दुई निर्वाचन क्षेत्रमा भने मतगणना पूरा हुनुअघि नै रास्वपाका उम्मेदवारहरूको जित लगभग निश्चित भएको छ।

काठमाडौं–१ बाट रञ्जु दर्शना न्यौपाने र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठको जित सुनिश्चितजस्तै देखिएको हो। प्राप्त सूचनाअनुसार अब गन्न बाँकी मतभन्दा उनीहरूको अग्रता धेरै भएकाले उनीहरूलाई पराजित गर्न अन्य उम्मेदवारका लागि अब सम्भव छैन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रास्वपाले देशका अन्य क्षेत्रमा समेत अग्रता लिइरहेको छ । ६० निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये ४७ स्थानमा रास्वपाका उम्मेद्वारहरु अगाडि छन् । काठमाण्डौका जित सुनिश्चित भएका २ बाहेक अन्य क्षेत्रमा समेत रास्वपाकै उम्मेद्वार निकै अगाडि छन् । अहिलेसम्मको अवस्था हेर्दा रास्वपाले काठमाण्डौका १० वटै क्षेत्रमा क्लीन स्वीप गर्ने प्रष्ट संकेत देखिन थालिसकेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.