मंगलवार, असार ९,२०८३ 10:24:59
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:25:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

Laxmi Sunrise Bank Limited
२०२४ मा भारतको वृद्धिदर ७.५% हुनसक्छ: विश्व बैंक

काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४ का लागि भारतको जीडीपी प्रक्षेपण १.२ प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याएको छ ।  

विश्व बैंकले सेवा र औद्योगिक क्षेत्रमा वृद्धि हुने अपेक्षा गरेकाले अनुमान बढेको हो । जबकि आर्थिक वर्ष २०२५ को कुल गार्हस्थ उत्पादनको अनुमान ०.२ प्रतिशतले बढेर ६.६ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०२४ देखि २०२५ बीचको वृद्धिमा आएको सुस्तताले गत वर्षको तुलनामा लगानीमा आएको गिरावटलाई झल्काउँछ। 

New Office
CG Motors
Garima Development Bank

अर्कोतर्फ, मुद्रास्फीतिको दबाब आगामी महिनाहरूमा कम हुने अपेक्षा गरिएको छ। यसले भारतको केन्द्रीय बैंक आरबीआईलाई ब्याजदर घटाउन सजिलो बनाउनेछ। सरकारी ऋण पनि घट्ने अनुमान छ ।

आर्थिक वर्ष २०२५-२०२६ मा जीडीपी वृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको छ । विश्व बैंकले गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुमान ६.५ प्रतिशत राखेको छ।  

विश्व बैंकको यो प्रक्षेपण घरेलु मागमा बृद्धि, सार्वजनिक पूर्वाधारमा भएको खर्च र निजी क्षेत्रको कर्जाको बलियो बृद्धिबाट प्रभावित छ । यद्यपि विश्व बैंकले उच्च खाद्य मुद्रास्फीति र  मागको कमीका कारण निजी उपभोग वृद्धि न्यून रहनसक्ने आँकलन गरेको छ ।  

आरबीआईले २०२५ मा ७ प्रतिशतको जीडीपी ग्रोथ हुने दाबी गर्दै आएको छ ।

दुई महिनाअघि मौद्रिक नीति समितिको बैठकपछि रिजर्भ बैंकले जीडीपी र मुद्रास्फीतिको अनुमान सार्वजनिक गरेको थियो । सो क्रममा वित्त वर्ष २०२५ मा वास्तविक जीडीपी वृद्धि अनुमान ६.७० प्रतिशतबाट ७ प्रतिशतमा बढाएको थियो । खुद्रा मुद्रास्फिति ४.५० प्रतिशत अनुमान गरेको थियो ।  

जीडीपी भनेको के हो ?

जीडीपी अर्थतन्त्रको स्वास्थ्य ट्र्याक गर्न प्रयोग गरिने सबैभन्दा सामान्य सूचकहरूमध्ये एक हो। जीडीपी एक निश्चित समय अवधिमा एक देश भित्र उत्पादन सबै वस्तुहरु र सेवाहरुको मूल्यको प्रतिनिधित्व गर्दछ। यसमा देशको सीमाभित्र उत्पादन गर्ने विदेशी कम्पनी पनि पर्छन् ।  

जीडीपी दुई प्रकारका हुन्छन्। वास्तविक जीडीपी र नाममात्रको जीडीपी। वास्तविकजीडीपीमा, वस्तु र सेवाहरूको मूल्य आधार वर्षको मूल्य वा स्थिर मूल्यमा गणना गरिन्छ। हाल भारतको जीडीपी गणनाको लागि आधार वर्ष २०१०-१२ हो । जबकि नाममात्र जीडीपी हालको मूल्यमा गणना गरिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.