शनिबार, श्रावण ३०,२०८३ 05:47:07
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:47:07
Bizshala
Global IME Bank Limited

डलर अर्बपति विनोद चौधरीले चुनाव हारे, विक्रम खनालले ५ गुणा मतान्तरले शानदार जित निकाले

Prabhu Bank Limited
डलर अर्बपति विनोद चौधरीले चुनाव हारे, विक्रम खनालले ५ गुणा मतान्तरले शानदार जित निकाले
New Office

काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति व्यापारी विनोदकुमार चौधरीले निकै ठूलो मतान्तरले चुनाव हारेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट दोश्रो पटक नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका चौधरीले विजेताको भन्दा ५ गुणा कम मत ल्याएर चुनाव हारेका हुन् । 

CG Motors

उनी यसअघि सोही क्षेत्रबाट पहिलोपटक प्रत्यक्षतर्फ शानदार मतसहित निर्वाचित भएका थिए । कांगे्रसभित्र उनलाई यसपटक पनि सहजै जित निकाल्ने उम्मेद्वारको रुपमा हेरिएको थियो । तर, मतदाताले भने उनलाई रुचाएनन् ।  

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विक्रम खनाल निर्वाचित भए । 

खनाल ४५ हजार २४१ मतसहित निर्वाचित हुँदा चौधरीले भने ९ हजार ५०२ मत मात्रै पाए । यसरी करिब ३५ हजार मतले खनालले जित निकाले ।

तेश्रोमा एमालेका रामप्रसाद पाण्डेय रहे, जसले ७ हजार ९५६ मत ल्याए । जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठी ७ हजार ८३२ मतसहित चौथो र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मतसहित पाँचौ रहे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.