सुनसरी । सुनसरी–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उल्लेख्य अग्रता कायम गरेका छन्।
उनी आफ्नी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनभन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन्।
हालसम्मको परिणाम अनुसार साम्पाङले ३१ हजार ७०६ मत प्राप्त गरेका छन् भने तामाङले १६ हजार ९५२ मत ल्याएकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।