शनिबार, श्रावण ३०,२०८३ 05:47:56
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:47:56
Bizshala
Global IME Bank Limited

१३५ सिटको नतिजा आयो: रास्वपा १०४ मा विजयी, दुईतिहाईको यात्रा सहज बन्दै

Prabhu Bank Limited
१३५ सिटको नतिजा आयो: रास्वपा १०४ मा विजयी, दुईतिहाईको यात्रा सहज बन्दै
New Office

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहेको छ । यो क्रममा १३५ सिटको अन्तिम नतिजा आइसकेको छ ।  

पछिल्लो अपडेटअनुसार १३५ सिटमध्ये १०४ सिटमा रास्वपाले जित हासिल गरेको छ । प्रत्यक्षतर्फ रास्वपालाई निकै ठूलो जनमत प्राप्त गरेको हो । रास्वपाका अगाडि अन्य दल निरीह देखिएका छन् । 

CG Motors

हालसम्म कांग्रेसले १५ सिट जितेको छ । यस्तै, एमालेले ७ सिट जितेर तेश्रोमा पुगेको छ भने नेकपा ६ सिट जितेर चौथो पोजिसनमा छ ।  

राप्रपा र श्रम संस्कृति पार्टीले १ १ सिट जितेका छन् । एक स्वतन्त्र उम्मेद्वारले पनि जित निकालेका छन् ।  

कहाँ कसको अग्रता ?

यसैबीच, अब अन्तिम मतपरिणाम आउन बाँकी ३१ क्षेत्र रहेका छन् । ३१ सिटमध्ये अझै २० सिटमा रास्वपाकै अग्रता छ ।  

दुई सिटमा कांग्रेस, ४ सिटमा एमाले, २ सिटमा नेकपा र २ सिटमा श्रम संस्कृति पार्टीको अग्रता छ ।

 रास्वपा दुईतिहाई नजिक

प्रत्यक्षतर्फ ७५ प्रतिशत माथि सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी मतसहित निरन्तर अग्रता लिइरहेको छ । पछिल्लो अपडेटअनुसार  २६ लाख ३० हजार मत गणना भइसक्दा रास्वपाले १३ लाख २१ हजार बढी मत पाएको छ । यही हिसाबले हेर्दा पनि रास्वपाले समानुपातिकतर्फको ११० सिटमध्ये ५० देखि ५५ प्रतिशतसम्म सिट पाउने देखिन्छ । यसरी प्रत्यक्ष र समानुपातिकतर्फको कुल २७५ सिटमा दुईतिहाई बहुमत चाहिने १८४ सिट पोल्टामा पार्न रास्वपा अगाडि बढेको देखिन्छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.