शनिबार, श्रावण ३०,२०८३ 05:45:52
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:45:52
Bizshala
Global IME Bank Limited

मतगणना नसकिँदै भावी मन्त्रीको चर्चा: अर्थमा स्वर्णिम, हरि ढकालको मन कृषिमा, गृहमन्त्री को ?

Prabhu Bank Limited
मतगणना नसकिँदै भावी मन्त्रीको चर्चा: अर्थमा स्वर्णिम, हरि ढकालको मन कृषिमा, गृहमन्त्री को ?
New Office

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को मतगणना अन्तिम चरणमा छ । देशभरका निर्वाचन क्षेत्रका परिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् ।  

यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ १६५ मध्ये १३७ स्थानको अन्तिम मत परिणाम आइसकेको छ । परिणाम आउन बाँकी क्षेत्रको मतगणना समेत अन्तिम चरणमा छ । समानुपातिकतर्फ पनि हालसम २७ लाख बढी मतको गणना भइसकेको छ । 

CG Motors

यसरी मतगणना अन्तिम चरणमा पुगेसँगै दुईतिहाई बहुमतका लागि अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी हुने सम्भावित अनुहारहरुको नामको विषयमा चर्चा सुरु भएको छ ।  

रास्वपाभित्रै चुनावअघि भएको सहमतिअनुसार अब बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह(बालेन)को उदय हुनेछ । उनी पहिलो मधेशी मूलका प्रधानमन्त्री र कान्छो प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्वमा पुग्ने निश्चितप्राय छ ।  

शाह नेतृत्वको सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको विषयमा समेत रास्वपाभित्रै चर्चा चलाउन थालिएको छ ।  

सो दलनिकट स्रोतहरुका अनुसार बालेन नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले जाने निश्चित छ । चुनावअघिदेखि नै रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रुपमै डा. वाग्लेलाई भावी अर्थमन्त्रीको रुपमा प्रस्तुत गरिसकेका छन् । उनलाई अर्थमन्त्री बनाउने विषयमा रास्वपाभित्र एकमत रहेको बुझिएको छ । 

त्यसबाहेकका महत्वपूर्ण मन्त्रालय बाँडफाँडमा भने केही सकस हुनसक्ने देखिन्छ ।  

रास्वपाभित्र रवि लामिछाने र बालेन शाहको दुईवटा लाइन देखिएकोले ती दुवै समूहको चित्त नदुखाउने गरी मन्त्रीहरु पठाइनेछ ।  

स्रोतहरुका अनुसार गृहमन्त्रीमा दुवै समूहको दाबी रहनेछ । रवि लामिछानेले दीपक बोहोरा र विपिन आचार्यलाई सम्भावित गृहमन्त्रीको रुपमा अगाडि सार्ने सम्भावना छ । बालेन शाहले चाहिँ राजुनाथ पाण्डेलाई गृहमन्त्रीको रुपमा अगाडि सार्न सक्छन् ।

रास्वपा गठन भएदेखि नै रवि लामिछानेको प्रिय पात्र बनेर खटिएका सेयर बजारका चर्चित लगानीकर्ता तथा चितवन १ बाट शानदार मतसहित दोश्रोपटक निर्वाचित सांसद हरि ढकाल पनि यसपटक मन्त्री बन्ने निश्चित देखिन्छ ।  

उनले आफू निकटस्थहरुसँग कृषिमन्त्री बनेर कृषिमा आमूल सुधार गर्ने बताउने गरेका छन् । उनलाई समर्थक तथा शुभेच्छुकले भने उर्जामन्त्री बन्न सुझाइरहेका समेत बुझिएको छ ।  

धनुषाबाट चुनाव जितेका मनिष झाले सञ्चारमन्त्री बन्ने मन गरेका छन् ।  

रास्वपा उपसभापति डीपी अर्याल पनि मन्त्री बन्ने लाइनमा छन् । शिशिर खनाललाई समेत शक्तिशाली मन्त्रालय दिइने बुझिएको छ । 

यस्तै, बालेन शाहसँग नजिक तथा उनी महानगरको मेयर हुँदा कोर टिममा रहेर काम गरेका सस्मित पोखरेल पनि मन्त्री बन्नसक्ने सम्भावना छ ।  

सोविता गौतम, डा. तोसिमा कार्की लगायतका सांसद समेत मन्त्री बन्ने दौडमा छन् ।  

बालेन शाह नेतृत्वको अब बन्ने सरकारमा स्वतन्त्र सांसद बनेका डा. महावीर पुनलाई शिक्षामन्त्रालय नै दिइने तयारी भएको समेत स्रोत दाबी छ ।  

ललितपुरबाट चुनाव जितेका जगदीश खरेल, कांग्रेस सभापति गगन थापालाई हराएका डा. अमरेशकुमार सिंह लगायत पनि मन्त्री बन्ने सम्भावित सूचिमा छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.