शनिबार, श्रावण ३०,२०८३ 05:45:25
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:45:25
Bizshala
Global IME Bank Limited

आयोगले बुझायो प्रतिवेदन, केपी ओली र रमेश लेखक लगायतमाथि फौजदारी अभियोगमा कारबाही सिफारिस

Prabhu Bank Limited
आयोगले बुझायो प्रतिवेदन, केपी ओली र रमेश लेखक लगायतमाथि फौजदारी अभियोगमा कारबाही सिफारिस
New Office

काठमाण्डौ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले केहीबेरअघि जाँचबुझ प्रतिवेदन बुझाएको छ ।  

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई करिब १०० पृष्ठ लामो जाँचबुझ प्रतिवेदन बुझाएको हो ।  

CG Motors

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।

आयोगले भदौ २३ र २४ गतेको घटनामा छुट्टा छुट्टै छानबिन गरेको छ र सोहीअनुसार अलग अलग कारबाही सिफारिस गरेको स्रोतको भनाई छ ।  

आयोगका सदस्य पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार दुवै दिनका घटनाका दोषीहरुमाथि फौजदारी अभियोगमा कारबाहीसम्मको सिफारिस भएको बताएका छन् । सञ्चारकर्मीहरुले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि फौजदारी कारबाहीको सिफारिस भएको छ ? भनेर प्रश्न गरेका थिए । यसको उत्तर दिंदै शर्माले भने-' गल्ती गर्नेहरुमाथि फौजदारी अभियोगमा कारबाहीको सिफारिस भएको छ, विस्तृत कुरा म अहिले भन्दिँन । हामीले बुझाएको प्रतिवेदन अब सरकारको सम्पत्ति हो । सरकारले नै सार्वजनिक गर्ला ।'

उनले छानबिनका क्रममा बानेश्वरको ब्यारिकेडदेखि संसद भवनसम्म नै सुरक्षा कमजोरी(सेक्युरिटी ल्याप्सेस) देखिएको खुलाएका छन् । उनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, प्रहरी प्रमुख चन्द्रकुबेर खापुंग लगायतका जिम्मेवारहरुमाथि कडा कारबाहीको सिफारिस भएको स्पष्ट संकेत गरेका छन् ।  

आयोगले छानबिन गर्दा २०० बढी व्यक्तिहरुको बयान लिएको र प्रतिवेदन तयार गर्नुअघि विभिन्न विषय विज्ञहरुसँग समेत व्यापक छलफल गरेको शर्माले जानकारी दिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.