सोमबार, आश्विन २६,२०८३ 09:23:13
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:23:13
Bizshala
Global IME Bank Limited

काठमाडौँमा सास फेर्नै कठिन, प्रदूषणमा विश्वकै दोस्रो खराब सहर

Bizshala
काठमाडौँमा सास फेर्नै कठिन, प्रदूषणमा विश्वकै दोस्रो खराब सहर
New Office

काठमाण्डौ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर फेरि चिन्ताजनक अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir को पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका प्रमुख सहरहरूमध्ये दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ।

सो सूचकांकअनुसार भारतको दिल्ली पहिलो स्थानमा रहेको छ जहाँ AQI २१४ मापन गरिएको छ। त्यसपछि काठमाडौँमा AQI १८६ पुगेको देखिएको छ, जुन “Unhealthy” अर्थात् स्वास्थ्यका लागि हानिकारक स्तरमा पर्ने सूचकांक हो। यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्ध तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सूचीमा पाकिस्तानको लाहोर तेस्रो र भारतको कोलकाता चौथो स्थानमा रहेका छन्। दक्षिण एशियाका ठूला सहरहरूमा हावा प्रदूषण उच्च स्तरमा पुगेको देखिए पनि काठमाडौँमा भने धुलो, सवारीसाधनको धुवाँ, निर्माण कार्य र मौसमीय अवस्थाले प्रदूषण झन् बढाउने गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

वायु प्रदूषण उच्च भएपछि चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा संवेदनशील समूहले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। वातावरणविद्हरूका अनुसार काठमाडौँको वायु गुणस्तर सुधार्न दीर्घकालीन रूपमा सवारी व्यवस्थापन, धुलो नियन्त्रण, हरियाली विस्तार र उद्योगजन्य प्रदूषण नियन्त्रणमा सरकारको प्रभावकारी नीति आवश्यक रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.