शनिबार, बैशाख ५,२०८३ 12:21:45
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:21:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होर्मुज अल्टिमेटमपछि ट्रम्पको ब्रेक : भारतीय शेयर बजारमा १५००+ अंकको उछाल

Bizshala
होर्मुज अल्टिमेटमपछि ट्रम्पको ब्रेक : भारतीय शेयर बजारमा १५००+ अंकको उछाल
Shivam Cement

काठमाडौं । सोमबार मध्यपूर्व युद्धको तनावले भारतीय शेयर बजारमा भयानक क्र्यास आएको थियो । तर मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा घोषणाले बजारलाई रकेट बनाइदियो ।

मंगलबार बिहान बीएसईको सेन्सेक्स १५०० अंकभन्दा बढी उछालसाथ ७४,२१२ मा खुल्यो भने एनएसईको निफ्टी २०० अंकभन्दा माथि उक्लेर २२,८७८ मा खुल्यो र पछि २२,८९९ सम्म पुग्यो । ठूला कम्पनीदेखि साना कम्पनीसम्म हरियाली छाएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सोमबार भने बजार पूरै बिग्रिएको थियो । मध्यपूर्वमा युद्ध बढेको खबरले सेन्सेक्स १८३६ अंक घटेर ७२,६९६ मा बन्द भएको थियो भने निफ्टी ६०१ अंकले ओरालो लागेर २२,५१२ मा झरेको थियो । एकै दिनमा लगानीकर्ताको करिब १२ लाख करोड रुपैयाँ डुबेको थियो ।

यो तेजीको मुख्य कारण ट्रम्पको घोषणा हो । ट्रम्पले सोमबार इरानलाई होर्मुज स्ट्रेट पूरै खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए र इरानका ऊर्जा स्थलमा आक्रमण गर्ने चेतावनी दिएका थिए । तर उनले आक्रमणको योजना ५ दिनका लागि स्थगित गरेको बताए ।

CG Motors
Garima Development Bank
IME remit

यो घोषणाले विश्व बजारमा राहत मिल्यो । अमेरिकी बजारमा तेजी आयो, एशियाली बजार बूम भए र भारतीय बजारलाई पनि सकारात्मक सन्देश मिल्यो ।

मंगलबार सबैभन्दा बढी उछाल Eternal Share (३.६०%), IndiGo (३.२०%), Asian Paints (३%), Adani Ports (२.९०%), Titan (२.५०%) र Trent (२.४५%) मा देखिएको थियो ।

बजार विश्लेषकहरूले अझै सावधानी अपनाउन सुझाव दिएका छन् । यद्यपि ट्रम्पको यो कदमले तत्कालका लागि बजारमा राहत दिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.