मंगलवार, असार १७,२०८२ 01:39:58
  • मंगलवार, असार १७,२०८२ 01:39:58
Global IME Bank Limited

२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
२ हजारको मनोबैज्ञानिक विन्दुबाट फर्केको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार करिब २३ अंकले बढेर बन्द भएको छ । चैत महिनाको सुरुवातदेखि घटेको बजार आज दोहोरो अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा, बजारले २ हजारको मनोबैज्ञानिक विन्दुमा केही दिन सपोर्ट लिएर फर्केको छ ।  

आज बनेको क्याण्डलले यस अघिका ४ वटा क्याण्डलहरुलाई पूरै ढाकेको छ । आज बजार बढ्दा कारोबार तथा भोल्युम पनि बढेको छ । यसलाई सकरात्मक रुपमा लिन सकिन्छ । बोलिङगर ब्याण्डबाट नियाल्दा बजार करिब तल्लो ब्याण्ड नजिकबाट फर्केको छ ।आज सम्हालिएको बजार यदि मध्य ब्याण्ड २०४६ भन्दा पनि माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसै गरि म्याक्डीमार्फत नियाल्दा केही समय पहिले वियरिस क्रसओभर बनेको बजार हालसम्म पनि भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम आज केही फिक्का बनेको छ । डेली बेसमा आरएसआई बाट नियाल्दा आज बजार ४० को तहबाट फर्केर ४७ को तहमा बन्द भएको छ  । 

यदि आगामी कारोबारमा यस्तो विन्दु ५० भन्दा माथि लागेमा बजारले अप ट्रेण्ड लिन सक्ने छ । त्यसबेला अबको कन्फरमेसनको लागि भने आगामी कारोबारमा बजार २०४६ भन्दा माथि बन्द हुनु पर्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोजिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबरका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.