मंगलवार, श्रावण ५,२०८३ 11:38:56
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:38:56
Bizshala
Global IME Bank Limited

कानुन विपरीत सेयर बिक्री प्रयास, दुई कम्पनीमाथि छानबिन सुरु

कानुन विपरीत सेयर बिक्री प्रयास, दुई कम्पनीमाथि छानबिन सुरु
New Office

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आइपीओको नाममा सर्वसाधारणबाट रकम संकलन गर्न खोज्ने दुई कम्पनीसँग स्पष्टिकरण मागेको छ। 

प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड र प्रभु स्टिल एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले नियामकको स्वीकृति बिना सार्वजनिक रूपमा सेयर बिक्री गर्न सूचना प्रकाशित गरेपछि बोर्डले सो कदम चालेको हो। 

प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्रतिकित्ता १५० रुपैयाँ (५० रुपैयाँ प्रिमियमसहित) मा सेयर बिक्री गर्न आह्वान गरेको थियो भने प्रभु स्टिल एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले अंकित मूल्य ५० रुपैयाँ रहेको सेयर ७५ रुपैयाँमा खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो।

धितोपत्र ऐन, २०६३ अनुसार बोर्डमा दर्ता नभई र विवरणपत्र स्वीकृत नगराई कुनै पनि संगठित संस्थाले सार्वजनिक रूपमा धितोपत्र निष्कासन वा बिक्री गर्न नपाउने व्यवस्था छ। तर ती कम्पनीहरूले उक्त कानुनी प्रावधान विपरीत सार्वजनिक सूचना जारी गरेपछि बोर्डले हस्तक्षेप गरेको हो। 

बोर्डले दुवै कम्पनीसँग नियामकको स्वीकृति बिना कुन आधारमा सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो भन्ने विषयमा स्पष्ट जवाफ मागेको छ। साथै, यस्तो कार्य गैरकानूनी भएको उल्लेख गर्दै तत्काल प्रक्रिया रोक्न निर्देशन दिएको जनाएको छ। 

बोर्डको निर्देशनपछि दुवै कम्पनीले हालका लागि सेयर बिक्री प्रक्रिया स्थगित गरेका छन्। यसअघि बोर्डले ‘प्रि–आइपीओ’ सम्बन्धी कुनै कानुनी व्यवस्था नरहेको स्पष्ट पार्दै ५० जनाभन्दा बढी व्यक्तिलाई सेयर बिक्री गर्नुपरेमा सार्वजनिक निष्कासन प्रक्रिया अपनाउनुपर्ने जनाएको थियो। साथै, अनुमति बिना सार्वजनिक रूपमा सेयर खरिद–बिक्री नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.