बिहीबार, जेष्ठ ७,२०८३ 05:18:26
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 05:18:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा पोलिसी सरेण्डरदर १६.४३% ले घट्यो, नविकरण नभएको बीमालेख रकम भने रु.३७.५५ अर्ब

Laxmi Sunrise Bank Limited
बीमा पोलिसी सरेण्डरदर १६.४३% ले घट्यो, नविकरण नभएको बीमालेख रकम भने रु.३७.५५ अर्ब
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम हुँदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ८ महिनासम्ममा ५९ हजार ७९६ वटा बीमा पोलिसी सरेण्डर भएका छन् ।  

यो सरेण्डर भएको पोलिसी संख्या गत आवको सोही आवको तुलनामा १६.४३ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुबाट ७१ हजार ५५४ वटा पोलिसी समर्पण भएका थिए ।  

प्राधिकरणका अनुसार सो अवधिसम्म कुल ९ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ७.०७ प्रतिशत कम हो । गत आवको फागुन मसान्तसम्म कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको थियो ।  

Bizshala
New Office
CG Motors

यसरी जीवन बीमा कम्पनीहरुले जीवन बीमा क्षेत्रमा मूल समस्याको जड बनाएको पोलिसी सरेण्डरदर कम गर्दै लगेका छन् । मासिक रुपमा अर्बौ रकम सरेण्डर मार्फत बाहिरिँदै जाँदा जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर पारेको देखिन्छ ।  

तर यस वर्ष बीमा कम्पनीहरु पोलिसी त्याग गर्नेको संख्या र कम्पनीहरुबाट सरेण्डर मार्फत बाहिरिने रकम कम गर्न लागिपरेका छन् । फलस्वरुप त्यसको परिणाम केही हदसम्म सकारात्मक पनि देखिएको छ ।  

जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर दर कम गर्न नियामक निकाय र स्वयम बीमकहरुको मुख्य भूमिका देखिन्छ । नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

रु.३७.५५ अर्बको पोलिसी नविकरण गर्न बाँकी  

जीवनब बीमा कम्पनीहरुमा देखिने अर्को मुख्य समस्या भनेको बीमा पोलिसी नविकरण नहुनु पनि हो । बीमा प्राधिकरणका अनुसार फागुन मसान्तसम्म कुल ३७ अर्ब ५५ करोड ८३ लाख रपैयाँ बराबरको बीमा पोलिसी रिन्यु भएका छैनन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुनलामा २.७६ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म व्यतित भएका बीमालेख रकम ३६ अर्ब ५४ करोड ८७ लाख रपैयाँ थियो ।  

प्राधिकरणका अनुसार रिन्यु हुन बाँकी पोलिसी संख्यामा भने कमी आएको छ । गत आवको फागुन मसान्तसम्म १२ लाख २८ हजार ६०६ वटा पोलिसी रिन्यु गर्न बाँकी रहेकोमा यस वर्षको सोही अवधिसम्म ०.०७ प्रतिशत कम भई १२ लाख २७ हजार ६८९ वटा पोलिसी रिन्यु हुन बाँकी रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.