काठमाण्डौ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धिकरण विभागले जारी राखेको एउटा मुद्दाका क्रममा संलग्नता देखिएपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी)ले काठमाण्डौबाट पक्राउ गरेको हो ।
युवा व्यवसायी दीपक भट्टको विषयमा जारी अनुसन्धानमा शंकर अग्रवाल समेत तानिएका हुन् ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिंग्स र जगदम्बा समूहका दर्जनौं उद्योग तथा कलकारखाना सञ्चालित छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।