आईतवार, फाल्गुन ११,२०८१ 02:57:38
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:57:38
IME remit
Global IME Bank Limited

हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण, ‘वस्तुको स्वतन्त्र आवतजावत’ लाई जोगाउने प्रयास

Hyundai Nepal
हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण, ‘वस्तुको स्वतन्त्र आवतजावत’ लाई जोगाउने प्रयास
Nabil Bank Limited

काठमाण्डौ ।विश्वव्यापी आपूर्ति श्रृंखलाहरूले गम्भीर अवरोधको सामना गरिरहेका बेला  संयुक्त सुरक्षा फौजले पुन हवाई आक्रमण तेज बनाएका छन् ।

हुथी विद्रोहीहरूले व्यावसायिक जहाजहरूमा गरेको आक्रमणको परिणामस्वरूप अमेरिका र बेलायतको संयुक्त सुरक्षा फौजले हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका हुन् ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

 पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यमा मिसाइल प्रहार गरेको बताएको छ । 

पेन्टानगन स्रोतलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय मिडियाहरुले मिसाइल प्रहारबाट विद्रोहीको भूमिगत भण्डारणका साथै उनीहरुको मिसाइल र निगरानी क्षमताहरूमा तहसनहस भएको छ । 

इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र पश्चिमी देशहरूसँग जोडिएका लाल सागरमा रहेका जहाजहरूलाई गत नोभेम्बरदेखि नै निशाना बनाउँदै आएका छन्। 

उता अमेरिका र बेलायतले ‘वस्तुको स्वतन्त्र आवतजावत’लाई जोगाउन प्रयास गरिरहेको बताएका छन्।पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिमा हुथी विद्रोहीहरू विरुद्ध नयाँ चरण सुरु गरिएको उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उद्देश्य तनाव कम गर्नु र लाल सागरमा स्थिरता पुनर्स्थापित गर्नु हो । हुथी नेतृत्वलाई चेतावनी दिन्छौँ कि हामी जीवन बचाउन र उपकरणहरूको स्वतन्त्र आवतजावतको सुरक्षा गर्न हिचकिचाउँदैनौं। निरन्तर धम्कीको बाबजुद, हामी यस महत्त्वपूर्ण जलमार्गमा जीवन र व्यापारको स्वतन्त्र प्रवाहको रक्षा गर्नेछौं।’

बेलायत र अमेरिकाबीचको दोस्रो संयुक्त अभियानमा यमनमा यो हुथी विद्रोहीमाथि आठौं हवाई हमला हो । जनवरी ११ मा दुवै देशले पहिलो पटक हमला सुरु गरेका थिए । यस हवाई आक्रमणलाई अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डले समर्थन गरेका छन् ।

विश्वका ठूला शिपिंग कम्पनीहरूले लाल सागरबाट टाढाको यात्राको कारण लागत बढ्ने चेतावनी दिंदै आएका छन् । -एजेन्सी

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.