काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा २.२४ अमेरिकी डलर अर्थात् ०.०४ प्रतिशतले घटेर सुनको मूल्य प्रतिऔंस ४,१३७ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य ०.४३ अमेरिकी डलर अर्थात् ०.७१ प्रतिशतले बढेर प्रतिऔंस ६०.८४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
बलियो अमेरिकी डलर र अमेरिकी ट्रेजरी बन्डको बढ्दो प्रतिफलका कारण सुनको मूल्य दुई महिनायताकै न्यूनस्तर आसपास रह्यो। कमजोर अमेरिकी रोजगारीसम्बन्धी तथ्यांक र अक्टोबरमा फेडरल रिजर्भले ब्याजदर बढाउने अपेक्षा घटे पनि त्यसले सुनलाई पर्याप्त टेवा दिन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।