बिहीबार, असार ११,२०८३ 10:30:49
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:30:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामसुङ नेपालद्वारा माइक्रोवेभ मास्टरक्लास सम्पन्न

Laxmi Sunrise Bank Limited
सामसुङ नेपालद्वारा माइक्रोवेभ मास्टरक्लास सम्पन्न

काठमाण्डौ । सामसुङ नेपालले आधुनिक किचन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित “Microwave Masterclass” सफलतापूर्वक आयोजना गरेको छ। सो कार्यक्रम ११ अप्रिल, शनिबार द्वारका प्यालेसमा सम्पन्न भएको हो।

कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकले सहभागीहरूलाई माइक्रोवेभ प्रविधिको बहुउपयोगिता सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूले Samsung का Solo, Grill र Convection माइक्रोवेभ मोडेलहरू प्रयोग गर्दै विभिन्न परिकारहरू तयार गर्ने अवसर प्राप्त गरे।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमका क्रममा माइक्रोवेभ प्रविधिबाट खाना छिटो तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङ जस्ता विधिहरू प्रदर्शन गरिएको थियो। साथै, आधुनिक प्रविधिले स्वाद र पोषण कायम राख्दै खाना पकाउने प्रक्रिया कसरी सरल र प्रभावकारी बनाउन सक्छ भन्ने विषयमा पनि जानकारी दिइएको थियो।

सो अवसरमा Samsung को SmartThings एपको प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो। सहभागीहरूलाई उक्त एपलाई Bespoke AI रेफ्रिजरेटर र वासिङ मेसिन लगायतका स्मार्ट होम उपकरणहरूसँग कसरी जोडेर दैनिक जीवनलाई अझ सहज बनाउन सकिन्छ भन्नेबारे जानकारी दिइएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Samsung नेपालले यस कार्यक्रमलाई घरमै खाना पकाउने रुचि राख्ने उपभोक्ताहरूलाई आधुनिक किचन समाधानमार्फत सशक्त बनाउने आफ्नो निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ। कम्पनीका अनुसार, माइक्रोवेभ रेन्जले आधुनिक जीवनशैली अनुरूप छिटो, सहज र बहुउपयोगी समाधान प्रदान गर्दछ।

कार्यक्रमले गृहिणी, खाना पकाउने उत्साही तथा प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको आयोजकले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.