काठमाण्डौ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अनिवार्य अवकाश प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डमा वि.सं २०५६ सालमा सेवा प्रवेश गरी लामो समयदेखि कार्यरत रहेका अधिकारीले ५८ वर्ष उमेर पूरा भएसँगै अनिवार्य अवकाश प्राप्त गरेका हुन् ।
उनको दीर्घ सेवा र योगदानको सम्मानस्वरूप बिहीबार बोर्डको कार्यालय, ललितपुरमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।