शुक्रबार, असार १२,२०८३ 05:23:30
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:23:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको प्रक्रियालाई अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १० गते बन्दीपुरमा रहेको बन्दीपुर केवलकार प्राङ्गणमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभाबाट पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको आईपीओ निष्कासनको निर्णयबमोजिम नियामक निकायसँग स्वीकृतीका लागि आवेदन पेश गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै उक्त आईपीओबाट पा्रप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने र सेयर बिक्री गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.